‘देशको माटोको रक्षा गर्ने भएकाले रक्षा मन्त्रालयको भूमिका महत्त्वपूर्ण छ’

हिमाल प्रेस १७ चैत २०७९ २०:२७ | Friday, March 31, 2023
‘देशको माटोको रक्षा गर्ने भएकाले रक्षा मन्त्रालयको भूमिका महत्त्वपूर्ण छ’

काठमाडौँ– नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन्।

उपप्रधानमन्त्री तथा मन्त्री पदको शपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उनले भने, ‘मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ।’

मलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको राण्ननीतिक महत्त्व रहेको धारणा व्यक्त गरे। यीनै विषयका महत्त्वलाई बुझेर नै सरोकार सबैसँग समन्वय र सहकार्यका साथ सामूहिक भावले आफ्ना काम अघि बढाउने उनको भनाइ थियो।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री खड्काले सरकारका प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने जानकारी गराए। सोहीअनुसार नै सरकारले विकास निर्माण तथा समृद्धिका लागि महत्त्वपूर्ण सुधारका कार्य गर्ने उनले बताए। रासस

प्रकाशित: १७ चैत २०७९ २०:२७ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast