उपकरणमा क्षति पुर्‍याएको भेटिए खबर गर्न एनटीसीको आग्रह

हिमाल प्रेस १ चैत २०७९ १५:३७ | Wednesday, March 15, 2023
उपकरणमा क्षति पुर्‍याएको भेटिए खबर गर्न एनटीसीको आग्रह

काठमाडौँ- नेपाल टेलिकमल (एनटीसी)ले दूरसञ्चार सेवाका संरचनामा क्षति पुर्याएको पाइएमा खबर गर्न अनुरोध गरेको छ।

अत्यावश्यक सेवामा क्षति पुर्याउने क्रम बढेको पाइएको भन्दै एनटीसीले आफ्ना उपकरण तथा भौतिक संरचनामा क्षति पुर्याएको भेटिएमा नजिकको एनटीसीको कार्यालय वा सुरक्षा निकायमा खबर गर्न अनुरोध गरेको हो। ‘पछिल्लो समय देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्‍याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको छ,’ एनटीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको एनटीसीको भनाइ छ। ‘यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरूमा क्षति पुर्‍याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्नुहुन नेपाल टेलिकम हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

एनटीसीले आफ्नो सेवा आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग पाउने अपेक्षा गरेको छ।

प्रकाशित: १ चैत २०७९ १५:३७ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast