दूरगामी असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई कांग्रेसको सुझाव

हिमाल प्रेस ११ चैत २०७९ २०:२५ | Saturday, March 25, 2023
दूरगामी असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई कांग्रेसको सुझाव

काठमाडौँ– गण्डकी प्रदेशमा भावी मुख्यमन्त्री दाबेदार नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दूरगामी असर पर्ने निर्णय नगर्न कामचलाउ सरकारलाई सचेत गराएका छन्।

पोखरामा शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले नेतृत्वको कामचलाउ सरकारले गरेका निर्णयप्रति अब बन्ने सरकारले कुनै पनि प्रकारको दायित्व बहन नगर्ने भन्दै यस्तो सचेत गराएका हुन्।

‘कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी सरुवा-बढुवा, नियुक्तिलगायतको काम गर्नु न्याय संगत मानिँदैन,’ उनले भने। साथै उनले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको एमाले सरकारले गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिकलगायतका दायित्व सिर्जना भए त्यस्ता दायित्व नयाँ सरकारले लिन बाध्य नहुने स्पष्ट पारे।

सत्तारुढ नेकपा माओवादी केन्द्रले केन्द्रको निर्देशनसँगै प्रदेश सरकारलाई दिएको विश्वास मत फिर्ता लिएको छ। उसका २ जना मन्त्रीले पनि शुक्रबार नै राजीनामा बुझाएर सरकार छाडेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरू नेपाली राजनीतिको फरक दृष्यमा प्रवेश गरेको पनि बताए।

प्रकाशित: ११ चैत २०७९ २०:२५ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast