दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

हिमाल प्रेस ११ चैत २०७९ ११:१९ | Saturday, March 25, 2023
दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

जनकपुरधाम-  धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ।  शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशामा गुडिरहको प्रदेश १–०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

मृत्यु हुनेमा सुनसरीका चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ लोकमान श्रेष्ठ छन्। घाइते भएका सर्लाहीका नारायण श्रेष्ठको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ

प्रकाशित: ११ चैत २०७९ ११:१९ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast