दाङ : संस्कृत विश्वविद्यालयमा अनेरास्ववियुका बञ्जाडे विजयी

हिमाल प्रेस ६ चैत २०७९ ९:०९ | Monday, March 20, 2023
दाङ : संस्कृत विश्वविद्यालयमा अनेरास्ववियुका बञ्जाडे विजयी

दाङ- दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अनेरास्ववियु संयुक्त प्यानलका उम्मेदवार स्ववियु निर्वाचनमा विजयी भएका छन् ।

नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसहितको टिम चुनावी मैदानमा थियो। संयुक्त प्यानलबाट अनेरास्ववियुका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयप्रताप चोबेले ६१ र नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरेका छन् । १९७ मतदाता रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा १८९ मत खसेको थियो ।

प्रकाशित: ६ चैत २०७९ ९:०९ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast