दशरथ रंगशालामा क्रिकेट टिमलाई सम्मान

हिमाल प्रेस ४ चैत २०७९ १९:४१ | Saturday, March 18, 2023
दशरथ रंगशालामा क्रिकेट टिमलाई सम्मान

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल, टिकेटिङ तथा ब्रोडकास्ट पार्टनर एमडीएसी स्पार्टसले नेपाली क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ। आइसिसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शनिबार साँझ सम्मान गरेको हो।

ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेलका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायतको सहभागितामा क्रिकेट खेलाडीलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको पनि सहभागिता थियो।

विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटका लागि छनोट भएको क्रिकेट टिमलाई सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जानकारी दिएको छ। लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक श्रृङ्खलाको अन्तिम खेलमा बिहीबार युएईलाई हराउँदै नेपाल ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ। आगामी जुन १८ तारिखदेखि जिम्बावेमा हुने विश्वकप छनोटमा नेपाल सहभागी हुन पाउनेछ।

प्रकाशित: ४ चैत २०७९ १९:४१ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast