काठमाडौँ- कलाकार दयाहाङ राईको अभिनय रहेको ‘पहराकी फूल’ गीत सार्वजनिक भएको छ। रूपकुमार राईको स्वर रहेको गीत उनकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
पर्यटनमन्त्री सुदन किराँतीको शब्द रहेको गीतमा शान्तिराम राईले संगीत भरेका छन्। गीतमा आगा लामाको संगीत संयोजन छ।
गीतको भिडियोमा दयाहाङसहित वेदना राई, मनिका जैका बान्तवा, जेनिसा राईलगायतको अभिनय देख्न सकिन्छ।
अनिल लामाले सम्पादन गरेको गीतको भिडियो किरण चाम्लिङ राईले निर्देशन गरेका हुन्।
प्रकाशित: ६ चैत २०७९ ११:५३ | Monday, March 20, 2023
प्रतिक्रिया




