दमौली बजार जोगाउन मादीमा बाँध निर्माण

हिमाल प्रेस २७ फागुन २०७९ १४:४३ | Saturday, March 11, 2023
दमौली बजार जोगाउन मादीमा बाँध निर्माण तस्बिर- रासस

दमौली– तनहुँको सदरमुकाम दमौली बजारलाई बाढीबाट जोगाउनका लागि मादी नदी किनारमा बाँध निर्माण थालिएको छ।

गत वर्ष मादीमा आएको बाढीले कटान गरेपछि दमौली जोखिमा परेको थियो। अहिले बाँध निर्माणको काम धमाधम भइरहेको छ।

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-३ मादी किनारमा २ सय ५२ मिटर ग्याबिन तारसहित बाँध निर्माण गरिएको जिल्ला सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले जानकारी दिए।

व्यास-३ तल्लो भतेरीमा बाढी बस्तीमा पसेपछि जोखिम कम गर्ने उद्देश्यले बाँध निर्माण गरिएको हो।

चालु आर्थिक वर्ष २०७९/८० को असार मसान्तभित्र बाँध निर्माण सम्पन्न गर्ने गरी एमआर गु्रप चितवनले गत वर्ष निर्माणको ठेक्का लिएको थियो।

यसका लागि गण्डकी प्रदेश सरकारले २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेपछि निर्माण थालिएको हो। ‘निर्माण अन्तिम चरणमा पुग्दा बजेट निकासामा ढिलाइ भएको छ,’ प्रमुख शर्माले भने।

उनका अनुसार हालसम्म २० लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ।

सोही बजेटमा व्यास-५ पाटनस्थित मादी किनारमा झण्डै एक सय मिटरको बाँध निर्माण भइरहेको छ। व्यास-५ का छ सय ६३ र व्यास-३ का केही परिवार कटानका कारण जोखिममा छन्।

टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ गत वर्ष बाढी आएपछि रातभर जाग्राम बस्नु परेको बताउँछन्।

प्रकाशित: २७ फागुन २०७९ १४:४३ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast