काठमाडौँ– थापाथली इन्जिनियरिङ क्याम्पस सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका पुष्कर शाही निर्वाचित भएका छन्। साविक अखिल क्रान्तिकारी विजयी रहेको सो क्याम्पसमा यसपटक नेविसंघ निर्वाचित भएको हो।
आइतबार भएको निर्वाचनबाट सचिवमा भने अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन्। सो क्याम्पसको अन्य पदको नतिजा आउन बाँकी छ।
प्रकाशित: ५ चैत २०७९ २०:०९ | Sunday, March 19, 2023
प्रतिक्रिया




