तीन क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालत पाटनको अन्तरिम आदेश

हिमाल प्रेस १४ चैत २०७९ १९:३३ | Tuesday, March 28, 2023
तीन क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौँ- गत चैत ५ गते स्ववियु चुनाव हुन नसकेका काठमाडौँ उपत्यकाका तीन क्याम्पसमा चुनाव गराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस, बानेश्वरको नेपाल कमर्स क्याम्पस र ललितपुरको पाटन संयुक्त क्याम्पसमा चुनाव गराउन अन्तरिम आदेश दिएको हो।

रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत मदन भण्डरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश जगदिश घिमिरेको इजलासले स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हो। त्रिभुवन विश्वविद्यालयले अन्य क्याम्पसमा गत चैत ५ गते स्ववियु निर्वाचन गराएको थियो। रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल कमर्स क्याम्वस र पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच विवाद हुँदा चुनाव हुन सकेको थिएन।

 

प्रकाशित: १४ चैत २०७९ १९:३३ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast