ताप्लेजुङमा रेडपान्डा अध्ययन केन्द्र निर्माण

हिमाल प्रेस ५ चैत २०७९ १७:५२ | Sunday, March 19, 2023
ताप्लेजुङमा रेडपान्डा अध्ययन केन्द्र निर्माण

ताप्लेजुङ– ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ। फुङलिङ नगरपालिका-९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो।

जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले केन्द्र निर्माण गरेका हुन्। जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए।

राईका अनुसार केन्द्र स्थापनाका लागि १ करोड ५७ लाख खर्च भएको छ।

संरचना निर्माणमा वातावरणमैत्री कच्चापदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको निर्माण कम्पनी एसएनपीका आयोजना सुपरभाइजर अमृत भट्टराईले जानकारी दिए।

गोबर, खरानी, अन्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर भवन निर्माण गरिएको उनले बताए।

केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाको भनाइ छ।

स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन, सदुपयोगसहित पर्यटन प्रवर्द्धन गरी उपभोक्ता समूहको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको उनले बताए।

दुर्लभ रेडपान्डासहित संरक्षित जंगली जनावर, जडीबुटीलगायत प्रजातिको प्रदर्शनीस्थलका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ। -रासस

प्रकाशित: ५ चैत २०७९ १७:५२ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast