तनहुँ १ मा सांसद पद रिक्त

हिमाल प्रेस २९ फागुन २०७९ १३:०३ | Monday, March 13, 2023
तनहुँ १ मा सांसद पद रिक्त रामचन्द्र पौडेल

काठमाडौँ- तनहुँ निर्वाचन क्षेत्र नं. १ मा सांसद पद रिक्त भएको छ। उक्त क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पद रिक्त भएको हो।

नेपालको संविधान २०७२ को धारा ६२ (६) बमोजिम तनहुँ १ मा सांसद पद रिक्त भएको छ। उक्त उपधारामा निर्वाचन, मनोनयन वा नियुक्त हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धाराबमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ।

यसैबीच पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएकाले सांसद पद रिक्त भएको जानकारी संसद् सचिवालयलाई दिएका छन्।  उनले सचिवालयमा लेखेको पत्रमा उल्लेख छ, ‘नेपालको संविधानको धारा ६२ (२) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनीतिक पद स्वतः समाप्त भएकाले सो व्यहोरा जानकारी गराउँदछु।’

पौडेलले अहिलेसम्म प्राप्त साथ र सहयोगप्रति सभामुख, संघीय संसद्, सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरूलाई आभार व्यक्त गरेका छन्। सांसद पद रिक्त भएसँग उक्त क्षेत्रमा उपनिर्वाचन हुनेछ।

प्रकाशित: २९ फागुन २०७९ १३:०३ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast