तनहुँ १ मा चुनाव जित्ने गोविन्द भट्टराईको दाबी

हिमाल प्रेस १६ चैत २०७९ १५:२६ | Thursday, March 30, 2023
तनहुँ १ मा चुनाव जित्ने गोविन्द भट्टराईको दाबी

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन्। कांग्रेस बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेपछि उनले यस्तो दाबी गरेका हुन्।

उनले सञ्चारकर्मीसँग भने, ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ। यसै पनि त्यो नेपाली कांग्रेसले नै जितको क्षेत्र हो।’ उनले यसपटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताए। नेता भट्टराईले गठबन्धनका दल एक भएर चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी दिए।

उनले भने, ‘अहिले पनि हामी गठबन्धनमा छौँ। विगतमा प्राप्त मत भन्दा बढी मत थप्न पार्टीको पूरा स्टक्चर र गठबन्धनका संरचनाहरु एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ।’

 नेता भट्टराईले आफूले गरेका काम नै जितको आधार रहेको बताए।  तनहुँ–१ मा यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको हो।  त्यति बेला कांग्रेस उम्मेदवार पौडेल २५ हजार ३ सय १८ मत ल्याएर विजयी भएका थिए। पौडेलका प्रतिद्वन्द्वी एमाले उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९ सय ४३ मत ल्याएका थिए।

प्रकाशित: १६ चैत २०७९ १५:२६ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast