तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

हिमाल प्रेस १६ चैत २०७९ १२:४६ | Thursday, March 30, 2023
तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ-  वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो उम्मेदवारको अन्तिम टुंगो लगाएको छ।  नेपाली कांग्रेसले तनहुँ–१ को उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले तनहुँमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

तनहुँ १ बाट निर्वाचित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो। तनहुँमा उम्मेदवार हुन भट्टराईसहित १३ जनाको नाम जिल्लाबाट केन्द्रमा सिफारिस भएको थियो। भट्टराईको नाम पहिलो नम्बरमा थियो। उनी नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य हुन्।   त्यस्तै चितवन २ मा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ।

प्रकाशित: १६ चैत २०७९ १२:४६ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast