काठमाडौँ- तनहुँ १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले गठबन्धन नगर्ने भएको छ। सोही क्षेत्रमा प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।
एकीकृत समाजवादी जिल्ला कमिटी तनहुँको बिहीबार बसेको बैठकले तनहुँ जिल्लाको वामपन्थी आन्दोलनका अगुवा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष श्रीराम कार्कीले बताए।
अध्यक्ष कार्कीले बिहीबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण वामपन्थी लोकतान्त्रिक शक्तिहरू र आम स्वतन्त्र नागरिकहरूलाई संघर्षशील नेता श्रेष्ठलाई विजय गराउन अपिल गरेका छन्।
सो क्षेत्रमा हुने उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराई, रास्वपाले स्वर्णिम वाग्ले र एमालेले सवेन्द्र खनाललाई उठाउने तयारी गरेका छन्।

प्रकाशित: १७ चैत २०७९ ८:०० | Friday, March 31, 2023
प्रतिक्रिया




