तनहुँ र बारामा उपनिर्वाचनका लागि चैत १२ भित्र दल दर्ता गर्नुपर्ने

हिमाल प्रेस ७ चैत २०७९ २१:३५ | Tuesday, March 21, 2023
तनहुँ र बारामा उपनिर्वाचनका लागि चैत १२ भित्र दल दर्ता गर्नुपर्ने

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त रहेका तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गराउन सूचना जारी गरेको छ। आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले यही चैत १२ गतेभित्र दल दर्ता गर्न आयोगको सूचनामा उल्लेख छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन्। त्यस्तै बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि दुवै निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

आयोगले जारी गरेको सूचनाअनुसार चैत १६ गते उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ।

प्रतिनिधिसभामा रिक्त रहेको सदस्यका लागि उपनिर्वाचन हुने र निर्वाचनको मिति आयोगले तोक्ने कानुनी व्यवस्था छ।सोहीअनुसार सोमबार बसेको आयोगको बैठकले उक्त क्षेत्रहरूमा उपनिर्वाचनको मिति निर्धारण गरेको हो।

आयोगले यस अघि चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने गरी राजनीतिक दल दर्ताको कार्य सकिएको बताएको छ।

प्रकाशित: ७ चैत २०७९ २१:३५ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast