तनहुँ जलविद्युत् आयोजना : डाइभर्सन टनेलको ‘ब्रेक थ्रु’

हिमाल प्रेस २८ फागुन २०७९ ९:१५ | Sunday, March 12, 2023
तनहुँ जलविद्युत् आयोजना : डाइभर्सन टनेलको ‘ब्रेक थ्रु’ फाइल तस्बिर।

दमौली- तनहुँको ऋषिङ गाउँपालिका-१, झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थ्रु’ भएको छ।

आयोजनाले ६ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो। उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ।

आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा उक्त टनेल खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। उनका अनुसार नदीको सतहमा टनेल निर्माण गरिएको छ।

आयोजनाले गत माघमा प्रवेश सुरुङको ब्रेक थ्रु गरेको थियो। सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर व्यास भएको प्रवेश सुरुङको ब्रेक थ्रु भएको थियो। व्यास नगरपालिका-५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायीरूपमा प्रयोग गरिने छ। आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिने छ।

प्रकाशित: २८ फागुन २०७९ ९:१५ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast