डोल्पामा गस्ती गएका प्रहरी वरिष्ठ हवल्दार जोशीराम नदीमा खसेर बेपत्ता

हिमाल प्रेस १७ चैत २०७९ १५:१९ | Friday, March 31, 2023
डोल्पामा गस्ती गएका प्रहरी वरिष्ठ हवल्दार जोशीराम नदीमा खसेर बेपत्ता सांकेतिक तस्बिर।

काठमाडौँ- इलाका प्रहरी कार्यालय काइगाउँ डोल्पामा कार्यरत एक प्रहरी नदीमा बेपत्ता भएका छन्। बिहीबार साँझ गस्तीमा गएको समयमा स्थानीय मुड्केचुला गाउँपालिका-१ स्थित भिरकुनाको जगदुल्ला खोलामा खसेर जोशीराम रेगामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

‘गस्तीमा गएको बेला एक्कासी नदीमा खसेको हो। अहिले खोजीकार्य जारी छ,’ जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीले हिमालप्रेससँग भने, ‘ठाउँ अप्ठ्यारो छ। पानी ठूलो परेकोले खोजीकार्यमा पनि समस्या भइरहेको छ।’

उनका अनुसार घटनास्थलमा रेगामीले बोकेको झोला भने फेला परेको छ।

प्रकाशित: १७ चैत २०७९ १५:१९ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast