ट्रेन्डिङमा हरिवंशको ‘काउली’

हिमाल प्रेस ५ चैत २०७९ १२:४२ | Sunday, March 19, 2023
ट्रेन्डिङमा हरिवंशको ‘काउली’

काठमाडौँ- हास्य कलाकार तथा गायक हरिवंश आचार्यको शब्द, संगीत र अभिनय रहेको ‘काउली’ गीत ट्रेन्डिङमा परेको छ। गीत गत शुक्रबार अर्थात् चैत ३ गते आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो।

चेलिबेटी बेचबिखनविरुद्धको सन्देशमूलक गीत युट्युबको ट्रेन्डिङ नम्बर ११ मा पर्न सफल भएको हो। समाचार तयार पार्दा (आइतबार साढे १२ बजे) सम्म गीतले ४ लाख ७५ हजारभन्दा बढी भ्युज पाइसकेको छ।

गीतमा कलाकार आचार्यकै स्वर छ। उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन्। गीतमा श्यामस्वेत रसाइलीको संगीत संयोजन छ।

सरोज ओली निर्देशित गीतको भिडियोमा हरिवंशसहित नायिमा प्रियंका कार्की, गायक प्रकाश सपुत, बालकृष्ण ओलीलगायतको अभिनय छ।

प्रकाशित: ५ चैत २०७९ १२:४२ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast