काठमाडौँ- फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट १३ सेकेन्डको सो टिजरमा धिरज मगर आफ्नो सपना पूरा गर्न नृत्यतर्फ होमिएको देख्न सकिन्छ।
फिल्मका मुख्य पात्र हुन् धिरज। उनलाई नै केन्द्रमा राखेर टिजर सार्वजनिक गरिएको छ।
फिल्ममा अन्य कलाकारहरू जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बुलगायतको अभिनय छ।
रेनेशा राई रानाको निर्देशन रहेको फिल्म आगामी वैशाख २१ गतेदेखि प्रदर्शन हुनेछ। फिल्म सुशन प्रजापतिको छायांकनमा निर्माण भएको हो।
प्रकाशित: १९ फागुन २०७९ १३:०४ | Friday, March 3, 2023
प्रतिक्रिया



