ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका स्वकीय सचिवको तलब काटौँ, खेलाडीक तलब बढा‍औं

हिमाल प्रेस १२ चैत २०७९ १४:४८ | Sunday, March 26, 2023
ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका स्वकीय सचिवको तलब काटौँ, खेलाडीक तलब बढा‍औं

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गर्न प्रस्ताव गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सांसद र मन्त्रीका स्वकीयको तलब काटेर खेलाडीको तलब बढाउन प्रस्ताव गरेका हुन्।

उनले देशको नाम राख्ने खेलाडीको रक्षा राज्यले गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए।

‘राष्ट्रलाई चिनाउने खेलाडी हुन्। तर, उनीहरू पलायन भएका छन्। राष्ट्रिय फुटबल टोलीका कप्तान भइसकेका सुजल श्रेष्ठ अष्ट्रेलिया पलायन भए। भक्तपुरका बागेश्वरी विद्यालयका १२ कक्षामा पढ्ने विद्यार्थीले छुट्टिने बेलामा खाडी मुलकमा भेटौँला लेखे,’ उनले भने, ‘राष्ट्रलाई चिनाउने खेलाडीको पारिश्रमिक मन्त्रीका स्वकीय सचिवको भन्दा कम छ। बरु हामी सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर भए पनि खेलाडीको तलब बढाउनुपर्छ।’

 

प्रकाशित: १२ चैत २०७९ १४:४८ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast