ज्ञानदीप शिक्षा सदनद्वारा स्रष्टा सम्मानित

हिमाल प्रेस २८ फागुन २०७९ १२:१५ | Sunday, March 12, 2023
ज्ञानदीप शिक्षा सदनद्वारा स्रष्टा सम्मानित

काठमाडाैँ- ज्ञानदीप शिक्षा सदनले साहित्यकारलाई सम्मान गरेको छ। नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत सदनले स्रष्टालाई सम्मान गरेको हो।

चाबहिलस्थित सदनले स्थापनाको १७ औँ अभिभावक दिवसको अवसरमा एक कार्यक्रम गरी कवि गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकार गीता कार्की, महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलगायतलाई सम्मानित गरेको छ।

कार्यक्रममा स्रष्टा सम्मानसँगै पुरस्कार वितरण पनि गरियो। चन्द्रप्रसाद न्यौपाने मुख्य अतिथि रहेको कार्यक्रममा प्रोग्रेसिभ एजुकेसनल फोरमकी अध्यक्ष तथा विद्यालयकी प्राचार्य एवं समालोचक सीता भट्टराई सभापति थिइन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुप्रसन्ना भट्टराई काठमाडौँ प्याब्सनका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, फैका तथा कागेश्वरी प्याब्सनका अध्यक्ष श्रीराम दाहाल, काठमाडौँ प्याब्सनका सदस्य सुशील प्रसाई, कवि मेनका पोखरेल, साहित्यकार उपमा आचार्य, मोक्षदा विद्यालयका प्राचार्य पुरुषोत्तम महर्जन, दुर्गा भवानी विद्यालयका प्राचार्य लम्बोदर घिमिरे, प्राडा दुर्गाप्रसाद अर्याल, प्रा.कोषराज न्यौपाने, साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्रह्लाद पोखरेल उपस्थित थिए।

विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै नर्सरी, एलकेजी, यूकेजीका ससाना नानीबाबुसँगै शिक्षिकाहरूले समेत नृत्य प्रस्तुत गरे।

ज्ञानदीप शिक्षा सदनले आयोजना गरेको उक्त कार्यक्रममा आफ्ना नानीबाबुलाई नियमित गृहकार्य गराउने, सरसफाइ, अनुशासित र नियमित विद्यालय पुग्ने साथै समयमै शुल्क बुझाउने योग्य अभिभावकलाई समेत सम्मान गरियो। त्यस्तै सबैभन्दा बढी जीपीए ल्याउने र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीले पुरस्कार पाएका थिए।

प्रकाशित: २८ फागुन २०७९ १२:१५ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast