जेठ १ बाट बञ्चरेडाँडामा फोहर लैजान नपाइने!

हिमाल प्रेस १ चैत २०७९ ८:४५ | Wednesday, March 15, 2023
जेठ १ बाट बञ्चरेडाँडामा फोहर लैजान नपाइने!

काठमाडौँ- काठमाडौँको फोहर बिसर्जन गर्ने बञ्चरेडाँडाका स्थानीय आक्रोशित बनेका छन्।

ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले फोहर बिसर्जनले आफूहरूको जीवनमा आधात पुगेको बताएको छ।

सरोकार समितिले सूचना प्रकाशित गर्दै फोहर बिसर्जनले आफूहरूको स्वच्छ वातावरणमा बाँच्न पाउने हकबाट बञ्चित भएको गुनासो गरेको छ।
समितिले जेठ १ गतेबाट साइट बन्द गर्ने चेतावनी दिएको छ ।

प्रभावित क्षेत्र मानववस्ती रहित कायम गर्ने वा फोहर मैला निषेधित क्षेत्र गर्ने भन्नेबारे वैशाख मसान्तभित्र विश्वासयोग्य कुनै कदम नचाले सधैँका लागि बन्द गर्ने चेतावनी दिएको हो।

प्रकाशित: १ चैत २०७९ ८:४५ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast