जेठ १२ मा पुग्यो ‘हुक्का’ र ‘टुल्की’

हिमाल प्रेस ३ चैत २०७९ १६:११ | Friday, March 17, 2023
जेठ १२ मा पुग्यो ‘हुक्का’ र ‘टुल्की’

काठमाडौँ- फिल्म ‘हुक्का’ र ‘टुल्की’ अब नयाँ मितिमा प्रदर्शन हुने भएको छ। आज अर्थात् चैत ३ गतेदेखि प्रदर्शन हुने भनिएका दुवै फिल्मले नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १२ गतेलाई मिति सारेको हुन्।

बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’का निर्देशक देवजंग थापा हुन्। फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतको अभिनय छ।

आरपी कर्माचार्य र उजेली लामाले निर्माण गरेको फिल्ममा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन छ। फिल्मको कथा लक्ष्मण सुनार लेखेका हुन्। ‘टुल्की’ ले नेपाल ग्रामीण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जितेको थियो।

शम्भु थापा निर्देशित फिल्म ‘हुक्का’(एन एब्सर्ड ड्रिम)ले पनि जेठ १२ गतेकै मिति तोकेको छ। फिल्ममा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ। कृष्णबहादुर थापाको छायांंकन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

‘हुक्का’ फिल्मको गीतमा प्रयत्न श्रेष्ठको शब्द र संगीत रहेको छ। गीतमा प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर छ।

प्रकाशित: ३ चैत २०७९ १६:११ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast