जितनारायणको दाबी : उपनिर्वाचनमा चितवनवासीले मलाई जिताउँछन्, रविलाई हराउँछन्

हिमाल प्रेस १६ चैत २०७९ १३:१५ | Thursday, March 30, 2023
जितनारायणको दाबी : उपनिर्वाचनमा चितवनवासीले मलाई जिताउँछन्, रविलाई हराउँछन्

काठमाडौँ- नेपाली काँग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चरकर्मीहरूसँग कुराकानीमा उनले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरेका हुन्।

उनले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाए।

लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दएको विश्वासको मतको कारणहरू जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरू गरिरहेकाले जनताले स्पष्ट बुझिसकेको उनी बताउँछन्। नेता श्रेष्ठले वैशाख १० गतेको निर्वाचनमा मंसिरको उल्टो परिणाम आउने दाबी गरे।

‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन्,’ उनले भने, ‘कसले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनु नपर्ने, के कारणले हो भन्ने कुरा जनतालाई भन्नु नपर्ने, पार्टीबाट निर्णय गर्नु पनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ। मंसिरको उल्टो परिणाम अब आउनेछ।’

उनले सत्ता गठबन्धन दलको साझा उम्मेदावर बन्नेमा आफू ढुक्क रहेको पनि बताए। ‘तत्कालीन उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्थ्यो, उहाँले प्रचारबाजी गर्नुभयो,’ उनले भने, ‘फण्डामा एक पटक होकि त भनेर चितवनका जनताहरू झुक्किएको अवस्था थियो । अहिले पूर्णरुपमा उसका गतिविधिबाट राम्रोसँग उसको वास्तविकता बुझे। नाकको डाँडी भाच्ने भन्नेले जनताले बुझेका छन्, कसको रहेछ नाकको डाँडी भाँच्नुपर्ने जनताले बुझेका छन्।’

प्रकाशित: १६ चैत २०७९ १३:१५ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast