जातीय छुवाछुतलाई सामाजिक रूपमै अन्त्य गरौँ : ओली

हिमाल प्रेस ७ चैत २०७९ ११:३२ | Tuesday, March 21, 2023
जातीय छुवाछुतलाई सामाजिक रूपमै अन्त्य गरौँ : ओली फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, र‌ंगभेद तथा छुवाछुतको अमानवीय प्रथालाई समाजिक रूपमा अन्त्य गर्नका लागि सबैले आ-आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन्।

आज (मंगलबार) ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय छुवाछूत तोड्न समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए। उनले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात् गरेको समेत बताए।

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो। यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ।

प्रकाशित: ७ चैत २०७९ ११:३२ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast