जसपाले पनि बोलायो बैठक, गठबन्धनको बैठक सकिएलगत्तै बस्ने

हिमाल प्रेस २७ फागुन २०७९ १०:२२ | Saturday, March 11, 2023
जसपाले पनि बोलायो बैठक, गठबन्धनको बैठक सकिएलगत्तै बस्ने

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बोलाएको छ। आज ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको पार्टीको प्रचार विभागले जनाएको छ।

उपराष्ट्रपतिमा उम्मेदवारीलगायत अन्य समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा दस दलको बैठक बसिरहेको छ। सो बैठकपछि जसपा कार्यकारिणी समितिको बैठक बस्नेछ।

जसपाले पार्टीका प्रतिनिधि सभा सदस्य एवं कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरिसकेको छ। तर निर्वाचन आयोगको दुई थरी कुराले फरक लिंगलाई उम्मेदवार बनाउने कि फरक समुदायबाट उम्मेदवार बनाउने त्यस विषयमा दलहरूको बीचमा विवाद उत्पन्न भएको छ।

प्रकाशित: २७ फागुन २०७९ १०:२२ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast