जसपाबाट उपराष्ट्रपतिमा दुईजनाको उम्मेदवारी, प्रमिला यादवले गरिन् मनोनयन

हिमाल प्रेस २७ फागुन २०७९ १३:५४ | Saturday, March 11, 2023
जसपाबाट उपराष्ट्रपतिमा दुईजनाको उम्मेदवारी, प्रमिला यादवले गरिन् मनोनयन

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएकी छन्।

उनको प्रस्तावकमा रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनिस सुमन रहेका छन्।

आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ। यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।
२८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ। सोही दिन उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ।

यसमा पनि नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका सांसदको समर्थन छ। यसअघि नै जसपाबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराइसकेका छन्। निर्वाचन आयोगले पुरुष उम्मेदवार हुन नपाउने प्रावधान राखेपछि जसपाले दुईजनाकाे उम्मेदवारी दिएको हो।

प्रकाशित: २७ फागुन २०७९ १३:५४ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast