जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

हिमाल प्रेस ७ चैत २०७९ ७:४९ | Tuesday, March 21, 2023
जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो।

विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो। बैठक पार्टी कार्यालयमा दिउँसो १२ः३० बजे बस्नेछ।

जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ। जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरे अनुसार त्यसको तयारीका लागि यो बैठक बोलाएको हो।

प्रकाशित: ७ चैत २०७९ ७:४९ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast