जबर्जस्ती करणी मुद्दामा दोषी ठहर फरार व्यक्ति पक्राउ

हिमाल प्रेस १७ चैत २०७९ ८:०७ | Friday, March 31, 2023
जबर्जस्ती करणी मुद्दामा दोषी ठहर फरार व्यक्ति पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- जबर्जस्ती करणीसम्बन्धी मुद्दामा १२ वर्ष कैद र  छ हजार पाँच सय १८ नगदसहित सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

चौकुने गाउँपालिका–१० सुर्खेत घाटगाउँका ४१ वर्षीय फरार प्रतिवादी जयबहादुर कामीलाई सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा कर्णाली प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्यूरोको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कामीलाई बुधबार घाटगाउँबाट नियन्त्रण लिई जिप्रका सुर्खेतको हिरासतमा राखिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

त्यसैगरी जबर्जस्ती करणी मुद्दामा दुई वर्ष तीन महिना कैद र २५ हजार नगद सजाय भई फरार रहेका प्रतिवादी छोटु भन्ने समिर अहमद कबडियालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: १७ चैत २०७९ ८:०७ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast