जनमतकी ममता झाले गराइन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

हिमाल प्रेस २७ फागुन २०७९ १४:०१ | Saturday, March 11, 2023
जनमतकी ममता झाले गराइन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौँ- सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन छ।

उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन्। समर्थकमा गोमालाभ सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुहवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी छन्।

यसअघि नै गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन्। तर जनमतले आफ्नो तफैबाट ममतालाई अघि सारेको हो। यसअघि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराएका छन्। जसपाबाटै उपराष्ट्रपतिमा दुईवटा उम्मेदवारी परेको छ। एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन्। हालसम्म उपराष्ट्रपतिका उम्मेदवार चार पुगेका छन्।

प्रकाशित: २७ फागुन २०७९ १४:०१ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast