जनकपुरधाम ११ का वडाध्यक्ष र सचिव घुस रकमसहित पक्राउ

हिमाल प्रेस ९ चैत २०७९ ९:२४ | Thursday, March 23, 2023
जनकपुरधाम ११ का वडाध्यक्ष र सचिव घुस रकमसहित पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा ११का वडाअध्यक्ष र सचिव घुस रकमसहित पक्राउ परेका छन्।

वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुबै जनालाई घुसको रकम सहित एक होटलबाट पक्राउ गरेको हो।

वडाध्यक्ष चौधरी र वडासचिव रायलाई जानकी मन्दिर नजिकै रहेको रोहन होटेलबाट घुसको ५० हजार रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग जग्गा दर्ता कायम गर्न सरजमिनका लागि ५० हजार रुपैयाँ घुस माग्दै आइरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटेको टोलीले दुबै जनालाई सो होटेलबाट पक्राउ गरेको हो।

प्रकाशित: ९ चैत २०७९ ९:२४ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast