छाउपडी उन्मूलन योजनामा महालक्ष्मी विकास बैंकको सहयोग

हिमाल प्रेस १३ चैत २०७९ १८:२८ | Monday, March 27, 2023
छाउपडी उन्मूलन योजनामा महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छाउपडी प्रथा उन्मूलन योजनामा आर्थिक सहयोग गर्ने भएको छ। अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेल्धुराका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा उन्मूलनका लागि आर्थिक सहयोग गर्ने भएको हो।

एक्सन वक्र्स गैरसरकारी संस्थाले सञ्चालन गरेको कार्यक्रमा आर्थिक सहयोग गर्ने भएको छ। उक्त संस्थाले छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्ध जनचेतना जगाउने र त्यसबाट प्रभावित बालिका तथा महिलाहरूलाई स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको छ।

प्रकाशित: १३ चैत २०७९ १८:२८ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast