चैत ६ मा विश्वासको मत लिँदै प्रचण्ड, त्यसपछि मन्त्रिपरिषद् विस्तार

हिमाल प्रेस १ चैत २०७९ १३:२६ | Wednesday, March 15, 2023
चैत ६ मा विश्वासको मत लिँदै प्रचण्ड, त्यसपछि मन्त्रिपरिषद् विस्तार

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन्।

शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन्। प्रचण्डले विश्वासको मत लिएपश्चात मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनबाट मन्त्रीका आकांक्षी बढ‍ेसँगै प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका हुन्।

सत्तारुढ मुख्य घटकसहित साना दलले मालदार मन्त्रालयको खोजीमा छन्। यसैको असरले प्रचण्डले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्ने भएका हुन्। नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेसँगै मन्त्रिपरिषद्को संख्या प्रधानमन्त्रीसहित ७ सदस्य छ। नयाँ मन्त्री नियुक्त गर्न नसक्दा अधिकांश मन्त्रालय मन्त्रीविहीन बनेका छन्।

प्रकाशित: १ चैत २०७९ १३:२६ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast