चैत ६ गते विश्वासको मत, १० गते सरकार विस्तार : प्रधानमन्त्री

हिमाल प्रेस ३ चैत २०७९ १६:३४ | Friday, March 17, 2023
चैत ६ गते विश्वासको मत, १० गते सरकार विस्तार : प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन्। शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन्। ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु, विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ उनले भने।

प्रधानमन्त्री दाहालले आज (शुक्रबार) उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताएका छन्।

सरकार विस्तार हुन कुनै अप्ठ्यारो नरहेको उनले बताए।

प्रकाशित: ३ चैत २०७९ १६:३४ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast