चितवनमा मृत फेला पर्‍यो पाटेबाघ

हिमाल प्रेस ५ चैत २०७९ ९:०९ | Sunday, March 19, 2023
चितवनमा मृत फेला पर्‍यो पाटेबाघ

चितवन- चितवनको कालिका नगरपालिका-७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा भेटिएको छ। सो संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिबार दिउँसो बाघ मृत भेटिएको हो।

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी ६ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुन सक्ने अनुमान छ। शनिबारै शव परीक्षण गरेर बाघको नमुना परीक्षण सुरु गरिएको छ।

बाघको मुख र मलद्वारमा सेतो फिँज र पेटमा बाख्राको अंग भेटिएको खनालले जानकारी दिए। यस वर्ष राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको पहिलो घटना हो। गत वर्ष वन क्षेत्रमा बाघ मरेको थिएन। जिल्लाको राष्ट्रिय वन क्षेत्रमा १२ देखि १४ बाघ रहेको अनुमान छ।

प्रकाशित: ५ चैत २०७९ ९:०९ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast