घाँटी रेटिएको अवस्थामा मृत भेटिएका पुरुषको खुल्याे पहिचान

हिमाल प्रेस १ चैत २०७९ १०:१३ | Wednesday, March 15, 2023
घाँटी रेटिएको अवस्थामा मृत भेटिएका पुरुषको खुल्याे पहिचान प्रतिनिधिमूलक तस्बिर

सुर्खेत- सुर्खेतमा घाँटी रेटिएको अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेमा मंगलबार अपराह्न मृत भेटिएका व्यक्ति साेही वडाको दीपनगरमा बस्ने ४१ वर्षीय ध्रुवजंग शाही भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले जानकारी दिए।

प्रहरीलाई परिवारले दिएको बयानअनुसार मृतक शाही यसअघि गाडी चलाउँथे। केही दिनअघिदेखि विदेश जाने तयारीमा थिए। उनी मंगलबार बिहान १० बजेतिर घरबाट निस्किएका थिए।

 डीएसपी शाहीका अनुसार शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको छ। आफन्तको जाहेरीपछि पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान हुने प्रहरीले जनााएको छ।

प्रकाशित: १ चैत २०७९ १०:१३ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast