ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हिमाल प्रेस १५ चैत २०७९ १६:०८ | Wednesday, March 29, 2023
ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ- ग्लोबल आइएमई बैंकले विद्यार्थीहरू माझ वित्तीय साक्षरता कार्यक्रम गर्दै ‘ग्लोबल मनी वीक’ मनाएको छ। नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार प्रत्येक वर्ष मार्चमा साताव्यापी रूपमा मनाइँदै आएको ‘ग्लोबल मनी वीक’कोे एघारौं संस्करण बैंकले चैत ६ देखि १२ गतेसम्म मनाएको हो। कार्यक्रमको नारा ‘प्लान योर मनि, प्लान्ट योर फ्यूचर’ रहेको थियो।

वित्तीय साक्षरता कार्यक्रममा विभिन्न स्कूल तथा कलेजका विद्यार्थीको सहभागिता रहेको बैंकले जानकारी दिएको छ। सातै प्रदेशका शाखामार्फत मुलुकभर नै वित्तीय चेतना अभिवृद्धि कार्यक्रम गरिएको बैंकको भनाइ छ।

कार्यक्रममार्फत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजारलगायत विषयमा चेतना अभिवृद्धिलाई लक्षित गरेको छ। सन् २०१२ देखि प्रत्येक वर्ष १७० भन्दा बढी मुलुकमा ‘ग्लोबल मनी विक’ कार्यक्रम मनाइँदै आएको छ। कार्यक्रमको उद्देश्य युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण गराउने रहेको छ।

प्रकाशित: १५ चैत २०७९ १६:०८ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast