 
                             
                                            काठमाडौँ- नयाँ बानेश्वरको थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा भोलि (शुक्रबार) देखि ‘मार्क्स फर्किए’ नाटक पुनः मञ्चन हुने भएको छ।
गुरुकुल स्कुल अफ थिएटरको आयोजना र नेपाल अध्ययन केन्द्रको सहआयोजनामा नाटक मञ्च हुन लागेको हो। यसअघि २०७६ सालमा मञ्चन गरिएको नाटक ३ वर्षपछि पुनः मञ्चन गर्न लागेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार नाटक अमेरिकी इतिहासकार हवार्ड जिनद्वारा लिखित नाटक ‘मार्क्स इनसोहो’को नेपाली संस्करण हो। नाटकको नेपाली अनुवाद प्रवीण खतिवडाले गरेका हुन्।
नाटकको निर्देशन पनि खतिवडाकै निर्देशनमा नाटक आगामी वैशाख ९ गतेसम्म चल्नेछ। नाटकको परिकल्पना तथा निर्देशन खतिवडा र सुनिल पोख्रेलले गरेका हुन्।
नाटकमा कार्ल मार्क्सले १४० वर्षअघि बिताएको जीवनलाई प्रस्तुत गरिएको छ। नाटकमा कार्ल मार्क्सको भूमिकामा निर्देशक पोखरेल र पत्निको भूमिकामा निशा शर्मा छन्।
अन्य कलाकारमा गुरुकुल नाटकघरका विद्यार्थीहरू छन्। नाटक सोमबारबाहेक प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै शनिबार १ बजे अतिरिक्त शो पनि हुनेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 