 
                             
                                            पोखरा- गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राति १२ बजेदेखि लागु हुने प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान धारा १८३ (२) बमोजिम प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालय गण्डकीका प्रवक्ता चण्डिप्रसाद अर्यालले जनाए।
केन्द्रमा राजनीतिक गठबन्धनको फेरबदलसँगै प्रदेश सभाका सरकार पनि यतिबेला धर्मरमा छन्।

                            प्रकाशित: १८ फागुन  २०७९ १८:४३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 