गगनको दाबी- अबको प्रधानमन्त्री म नै हो

हिमाल प्रेस २६ फागुन २०७९ १९:१४ | Friday, March 10, 2023
गगनको दाबी- अबको प्रधानमन्त्री म नै हो फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा आफू भावी प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

शुक्रबारबाट काठमाडौँमा सुरु ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन-२०७९’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेजस्तो आभास भइरहेको उनको भनाइ छ।

कार्यक्रमका प्रमुख वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा अनुपस्थित रहेपछि कार्यक्रमको अन्तिम वक्ता भएका थापाले प्रधानमन्त्री नआएको हुनाले आफूलाई यस्तो लागेको थापाले उल्लेख गरे।

‘आज प्रधानमन्त्रीजी व्यस्तताका कारण आउन पाउनु भएन। हिजो सभागृहमा यस्तै कार्यक्रम थियो। मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो। पार्टी सभापति आइपुग्नु भएन। त्यसपछि अन्तिम वक्ता म भए। आज प्रधानमन्त्री आइपुग्नु भएन। अन्तिम वक्ता म भए। सबब्सिच्युट भइराख्या छु। त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने मलाई लागेको छ,’ उनले भने।

बिहीबार (हिजो) पनि कांग्रेस सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रूपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको हो कि भन्ने महसुस भएको उनले बताए।

राजनीतिक दलका नेताहरूलाई अर्थशास्त्रीय दृष्टिकोण बुझाउन अर्थशास्त्रीहरूलाई आग्रह गर्दै उनले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरूलाई बुझाउनुको साटो अर्थशास्त्रीहरूले गाली गर्ने गरेको गुनासो गरे।

मुलुकको आर्थिक संकट समाधानका लागि अर्थशास्त्रीहरूले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि उनले सचेत गराए।

प्रकाशित: २६ फागुन २०७९ १९:१४ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast