खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

हिमाल प्रेस १० चैत २०७९ २०:२८ | Friday, March 24, 2023
खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

धनगढी– छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ। शुक्रबार दोस्रो दिनको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबले ‘ए’ डिभिजन क्लब खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

धनगढी रंगशालामा शुक्रबार भएको खेलमा विदेशी टोली एभिनरले खेलको आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लियो। खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याए।

एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई सेमिफाइनलको यात्रा तय गराए। उनले खेलको ६६ औं र ७२ औं मिनेटमा गोल गरे।

एभिनरले सेमिफाइनलमा बागमती युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुने खेलको विजेतासँग खेल्ने छ। शनिबार नेपाल पुलिस क्लब र भारतीय क्लब जर्जियनबीच प्रि-क्वाटरफाइनलको अन्तिम खेल हुने छ।

मोफसलको सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो।आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ।

प्रकाशित: १० चैत २०७९ २०:२८ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast