उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान।
काठमाडौँ- खानेपानीमन्त्री अब्दुल खान अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन त्यसतर्फ जाने भएको छन्।
मन्त्रिपरिषद्को मंगलबारको सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानीमन्त्री खानले जानकारी दिए। उनले भने, ‘मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने वल्र्ड वाटर कन्फ्रेन्समा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति दिएको छ।’
मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय र वन मन्त्रालयल सम्बन्धी पनि विभिन्न निर्णय गरेको मन्त्री खाँनले बताए।
प्रकाशित: १ चैत २०७९ ८:२८ | Wednesday, March 15, 2023
प्रतिक्रिया




