कोशी प्रदेशको नामलाई लिएर आपसी सद्‍भाव नभड्काउन दलहरूको आग्रह

हिमाल प्रेस १२ चैत २०७९ १९:५३ | Sunday, March 26, 2023
कोशी प्रदेशको नामलाई लिएर आपसी सद्‍भाव नभड्काउन दलहरूको आग्रह

इटहरी– कोशी प्रदेशको नामलाई लिएर आपसी सद्‍भाव भड्काउने खालका क्रियाकलाप नगर्न राजनीतिक दलहरूले प्रदेशबासीमा आग्रह गरेका छन्।

नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेस प्रदेश कमिटी सभापति उद्धव थापा, माओवादी केन्द्र प्रदेश कमिटी सचिव गणेश उप्रेती र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश कमिटी अध्यक्ष राम थापाले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

जनताबाट निर्वाचित सांसदहरूको छलफल र निर्णयबाट सार्वभौम सम्पन्न प्रदेशसाभबाट कोशी प्रदेश नाम तय भएकाले यो वृहत्तर उपलब्धिलाई आत्मसाथ गर्नुपर्ने दलहरूले जनाएका छन्।

प्रदेशको नामलाई लिएर आन्दोलन, हड्ताल र विरोध प्रदर्शनजस्ता कार्य गर्दा आपसी सद्‍भावमा खलल पुग्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ। ‘प्रदेशको नामकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशवासीमा हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १२ चैत २०७९ १९:५३ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast