कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयको आग्रह : बुस्टर खोप लगाउनू, भीडभाडमा नजानू

हिमाल प्रेस ४ चैत २०७९ ८:१३ | Saturday, March 18, 2023
कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयको आग्रह : बुस्टर खोप लगाउनू, भीडभाडमा नजानू फाइल तस्बिर

काठमाडौँ- कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढ्न थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय संक्रमित बढिरहेका छन्।

फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन्। फागुन २६ गते सक्रिय संक्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ६ जना नयाँ संक्रमित र २० सक्रिय संक्रमित रहेका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले भारतमा संक्रमित बढ्दै गएकाले त्यसको असर नेपालमा पर्न थालेको बताए।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन, खोपको अतिरिक्त मात्रा अर्थात् (बुस्टर डोज) लगाउन आग्रह गरेको छ। अहिले काठमाडौँ उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान चलिरहेको छ।

डा। दासका अनुसार संक्रमित फैलन नदिन स्वास्थ्यका मापदण्डहरु भिडभाडमा जाँदा मास्क लगाउने, संक्रमित व्यक्तिसँग भौतिक दूरी कायम राख्नेलगायतका आवश्यक स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ।

प्रकाशित: ४ चैत २०७९ ८:१३ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast