कुटपिटबाट एकको मृत्यु

हिमाल प्रेस २७ फागुन २०७९ ८:१५ | Saturday, March 11, 2023
कुटपिटबाट एकको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडोँ- रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। राजदेवी नगरपालिका-१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकका परिवारका अनुसार बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका थिए। कुटपिटबाट सक्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

‘घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको छ। घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको एसपी बुढामगरले जानकारी दिए।

प्रकाशित: २७ फागुन २०७९ ८:१५ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast