काठमाडौँ महानगरद्वारा कम्पोष्ट मल बनाउने स्थान विस्तार

हिमाल प्रेस २८ फागुन २०७९ २१:११ | Sunday, March 12, 2023
काठमाडौँ महानगरद्वारा कम्पोष्ट मल बनाउने स्थान विस्तार

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कुहिने फोहोरको व्यवस्थापन गर्ने उद्देश्यसहित कम्पोष्ट मल बनाउने काम विस्तार गरेको छ। यसअघि महानगरपालिकाको टेकुस्थित ट्रान्सफर स्टेसनमा एक स्थानबाट मात्रै कम्पोष्ट मल बनाउन थालेको महानगरले टेकुमै अर्को स्थानमा पनि कुहिने कम्पोष्ट मल बनाउन थालेको हो।

परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन उपत्यकाको अन्य स्थानमा पनि विस्तार गरिरहेको हो। आगामी एक महिनाभित्र वञ्चरेडाँडामा पनि मल उत्पादन सुरु गर्ने तयारी महानगरले गरेको छ। कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने महानगरले जानकारी दिएको छ।

टेकुका ती दुई स्थानका काम सफल भए उपत्यकाको अन्य स्थानमा पनि विस्तार गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।

पटकपटक कुहिने फोहोर व्यवस्थापन गर्न समस्या झेलिरहेको महानगरलाई विभिन्न स्थानमा कम्पोष्ट मल बनाउने काम विस्तारसँगै फोहोर व्यवस्थापनका लागि सहज हुने अपेक्षा गरिएको छ। रासस

प्रकाशित: २८ फागुन २०७९ २१:११ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast