काठमाडौँस्थित भारतीय दूतावासमा ‘अन्न सम्मेलन’ सम्पन्न

हिमाल प्रेस ४ चैत २०७९ २०:५१ | Saturday, March 18, 2023
काठमाडौँस्थित भारतीय दूतावासमा ‘अन्न सम्मेलन’ सम्पन्न

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासले अन्तर्राष्ट्रिय अन्न सम्मेलन आयोजना गरेको छ। ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को अवसर भारतको नयाँ दिल्लीमा ‘ग्लोबल मिलेट्स सम्मेलन’ आयोजना गरिएको र सोही अवसरमा काठमाडौँस्थित भारतीय दूतावासमा पनि सम्मेलन आयोजना गरिएको भारतीय दूतावासले जानकारी दिएको छ।

काठमाडौँमा आयोजना गरिएको सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सम्बोधन गरे। दूतावासमा आयोजित सम्मेलनमा नेपालका उद्योग, वणिज्य तथा आपूर्ति सचिव मधुकमार मरासिनी, नेपाल र भुटानका लागि खाद्य तथा कृषि संगठनका प्रतिनिधि केन शिमुजु, कृषि उद्योग तथा कृषि संगठनका प्रतिनिधिलगायतको सहभागिता थियो।

दिल्लीमा भएको सम्मेलनमा प्रधानमन्त्री मोदीले आईवाईएम-२०२३ अंकित हुलाक टिकट र सिक्का सार्वजनिक गरेका थिए। सोही अवसरमा इण्डियन काउन्सिल एग्रीकल्चरल रिसर्च एण्ड इण्डियन इस्च्यिुट अफ मिलेट्स रिसर्चलाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स इन मिलेट्स रिसर्च’ घोषणा पनि गरे।

खाद्य सुरक्षा, पोषण तथा जलवायु सन्तुलनमा कादोजन्य बालीको महत्त्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०२१ म संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रूपमा मनाउने घोषणा गरेको थियो।

महासभामा नेपाल, भारत, बंगलादेश, केन्या, नाइजेरिया, रुस र सेनेगलले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई राष्ट्रसंघका ७० भन्दा बढी सदस्य राष्ट्रले समर्थन गरेका थिए।

प्रकाशित: ४ चैत २०७९ २०:५१ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast