काठमाडौँ- बाल कलाकार जिया भुसाल र सबु केसीको स्वरमा बाल गीत ‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिक भएको छ।
गीत ‘एमएनएस म्युजिक’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। महेश ज्ञावालीको शब्द र संगीत रहेको गीतमा सञ्जय हमालले संगीत संयोजन गरेका छन्।
सशान कँडेलले निर्देशन गरेको गीतको भिडियोमा काजल जोशी, सुलेमान शंकर (इकु), आयुष्मा पन्त, रविना बस्याललगायतको अभिनय छ।
भिडियोमा दोहोरी गायिका काजल मिस बनेकी छन् भने इकु विद्यालयको कार्यालय सहयोगीको भूमिकामा देखिएका छन्।
प्रकाशित: ६ चैत २०७९ १२:५० | Monday, March 20, 2023
प्रतिक्रिया




