काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ।
यसैगरी कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ। संघीय संसद् भवनको शंकर हलमा बिहान १०ः३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
प्रकाशित: ५ चैत २०७९ ९:३० | Sunday, March 19, 2023
प्रतिक्रिया




